नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडाैं | मंसिर २१, २०७९

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं:   सेयर बजार परिसूचमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १६.६१ अंक (०.८६ प्रतिशत) ले गिरावट भएर १९१७.२८ अंकमा बन्द भएको छ । होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।


होटल तथा पर्यटन उपसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ । यता बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै १.२८ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी र उत्पादनमुलक उपसूचक पनि १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । मर्जर सम्झौतापछि कारोबार रोकिएको ग्लोबल आईएमई बैंकको सेयर धितोपत्र बोर्डको नयाँ व्यवस्था अनुसार खुलेसँगै बुधबार ९.२९ प्रतिशतले गिरावट भएको छ । जसले बैंकिङ उपसूचकमा उच्च गिरावटको लागि सहयोग भएको छ ।


यस्तै नाडेप लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट लेभलमा बन्द हुँदा शिवम् सिमेन्टको सेयर मूल्य ४.८६ प्रतिशतले गिरावट भएको छ । यता खप्तड लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.०९ प्रतिशतले वृद्धि हुँदा कुमारी धनवृद्धि योजनाको इकाइमूल्य ५.१५ प्रतिशत र ग्रिन भेञ्चर लिमिटेडको सेयर मूल्य ४.४२ प्रतिशतले वृद्धि भएको छ । बुधबार नेप्सेमा कुल १९९ कम्पनीको सेयर कारोबार हुँदा १५९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ३७ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ ।


सानिमा बैंकको संस्थापक सेयर ५१ लाख कित्ता कारोबार हुँदा बुधबारको कारोबार रकम भने बढेको छ । बैंकको ६७ करोड २ लाख ९३ हजारको संस्थापक सेयर कारोबार हुँदा बुधबार बजारमा कुल १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५१ रुपैयाँको कारोबार भएको छ । ८० लाख ९२ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । मंगलबार


बुधबार शिवम् सिमेन्टको १३ करोड ८५ लाख ५४ हजार र नबिल बैंकको ४ करोड ५२ लाख ८८ हजारको कारोबार भएको छ ।

मुस्ताङ:  हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...

थप पढ्नुहोस्

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्।  त्रिविबाट यस नर्ष स्ना...

थप पढ्नुहोस्

काठमाडौं:  कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

थप पढ्नुहोस्